एसएसपी थापा सशस्त्र प्रहरीको प्रवक्तामा नियुक्त



काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) पुरुषोत्तम थापाले पाएका छन् ।

यसअघि प्रवक्ता रहेका डिआइजी विदुर खड्काको लुम्बिनी प्रदेशको बाहिनीपतिका रुपमा सरुवा भएपछि थापालाई सो जिम्मेवारी दिइएको हो ।



उनले बिहीबारदेखि जिम्मेवारी सम्हालेका छन् ।



संगठनसँग सम्बन्धित सूचना तथा जानकारी, संगठनको कार्यक्षेत्र भित्रका समाचारहरु तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरु लगाएतका विभिन्न सूचनाहरु प्रवाह गर्ने जिम्मेवारी उनलाई दिइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज