चीनका पूर्वन्यायमन्त्री फु झेंगहुवालाई आजीवन कैद



एजेन्सी । विगतमा भ्रष्टाचारविरुद्धका थुप्रै अभियानको नेतृत्व गरेका चीनका पूर्वन्यायमन्त्री फु झेंगहुवालाई घुस लिएको अभियोगमा आजीवन कैद गरिएको छ ।

उनलाई गत जुलाईमा व्यक्तिगत फाइदाका लागि उपहार र नगद १ करोड ४७ लाख अमेरिकी डलर घुस लिएको अभियोगमा दोषी ठहर गरिएको हो ।



बिहीबार चाँगचुनस्थित एक अदालतले दुई वर्षपछि उनलाई सुनाइएको मृत्युदण्ड आजीवन कारावासमा परिवर्तन हुनेगरी निर्णय सुनाएको हो ।



चिनियाँ कम्युनिस्ट पार्टीको आगामी महिना बस्ने कंग्रेसको सम्मुख अचानक थुप्रै अधिकारीहरूमाथि छानबिन सुरु भएकोबेला उनलाई यो सजाय सुनाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज