डोनाल्ड ट्रम्प भन्छन् – रुसले आणविक हतियार प्रयोग गरे विश्वयुद्ध निम्त्याउन सक्छ



एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आणविक हतियार प्रयोग गर्न इच्छुक रहेको संकेत गरेपछि अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया दिँदै यस्तो द्वन्द्व कहिल्यै हुन नुहुने बताएका छन् ।

उनले यसले विश्वयुद्ध निम्त्याउन सक्ने चेतावनी समेत दिए ।



आफ्नै सोसल मिडिया प्लेटफर्म ट्रुथ सोसलमा ट्रम्पले भनेका छन्, “यदि म अझै ओभल अफिसमा भएको भए द्वन्द्व निम्तिने नै थिएन । तर, मैले लामो समयदेखि स्पष्ट रूपमा भन्दै आएको हुँ कि अब यो युद्ध तेस्रो विश्वयुद्धमै गएर टुंगिन सक्छ ।”



यता पुटिनले बुधबार अहिले आफ्ना फौज संघर्षरत युक्रेनमा तीन लाख जगेडा फौज पठाउने घोषणा गरेका छनै ।

उनले पश्चिम जगत्ले आणविक ब्ल्याकमेल गरिरहेको भन्दै रुसले आणविक हतियार प्रयोग गर्ने चेतावनी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज