टुकुचा हराएको छैन भन्दै बालेनले लेखे यस्तो कविता



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले टुकुचाको बारेमा कविता लेखेका छन् । बिहिबार साँझ सामाजिक संजालमा टुकुचा हराएको छैन भन्दै कविता लेखेका हुन् ।

उच्च अदालत पाटनले हात्तीसार क्षेत्रमा टुकुचा खोलामाथि बनेका संरचना तत्काल नभत्काउन आदेश दिएपछि बुधबार अदालतलाई प्रश्न गरेका बालेनले आज कविता शेयर गरेका हुन् ।



उनको लेखेका छन्, ‘ऊ हराएको छैन, ऊ बगिरहन्छ, तिम्रो सास रहे सम्म, तिम्रो आस रहे सम्म, तिम्रो अर्थी सेलाईन्जेल , हाम्रो लाश बहे सम्म, निरन्तर , निर्बिरोध , निर्दोश यो धर्ति, आकाश रहे सम्म ।’



टुकुचामाथि कानूनसम्मत निर्माण भएका भवन र १३० वर्ष इतिहास बोकेका टुकुचा छोप्ने गुम्बज आकारको डुँड भत्काएको लगायतका विषयमा काठमाडौं महानगरपालिका विरुद्ध बिहीबार एकै दिन अदालतले २२ वटा पत्र काटेको थियो ।

उच्च अदालत पाटनले काम रोक्न आदेश दिँदै काटेका ती पत्रहरू हिजो महानगरपालिकामा बुझाएको छ । यसअघि पनि उच्च अदालत पाटनले ३ वटा मुद्दामा घर नभत्काउन अल्पकालीन आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज