गोठमा लुकाइराखेको भरुवा बन्दुकसहित गोरखाबाट तीन जना पक्राउ

बीरगंज एक्सप्रेस
२०७९ आश्विन ७, शुक्रवार ०५:२४ बजे

गोरखा । गोरखाबाट प्रहरीले अवैध हातहतियारसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–१ का ५३ वर्षीय सीताबहादुर घले, ६० वर्षीय माइला घले र वडा नं २ का २६ वर्षीय कृष्णप्रसाद घले छन् ।



गोठमा लुकाइराखेको अवस्थामा फरक–फरक स्थानबाट तीन थान भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।



पक्राउ परेका सीताबहादुरको घरबाट एकनाले सर्ट गनसहित त्यसमा प्रयोग हुने गोली २४ थान र ३४ थान गोलीको खोका बरामद भएको प्रहरीले जनाएको छ ।

अन्य दुई जना माइला घलेको गोठबाट र कृष्णप्रसादको घरबाट बन्दुकसहित पक्राउ परेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्