सुनको मूल्य बढेर तोलामा ९२ हजार ८ सय रुपैयाँ पुग्यो, चाँदी पनि तोलाको १२ सय

बीरगंज एक्सप्रेस
२०७९ आश्विन ७, शुक्रवार ०५:४४ बजे

काठमाडौं । साताको अन्तिम दिन सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि कारोबार मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ भएको छ।



बिहीबार ५ सय बढ्दा प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।



चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ। शुक्रबार चाँदी प्रतितोला १२ सय रुपैयाँ भएको छ।

बिहीबार १५ रुपैयाँ बढ्दा प्रतितोला ११ सय ८५ रुपैयाँ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्