म्यादी प्रहरीका लागि मागभन्दा दोब्बर आवेदन

बीरगंज एक्सप्रेस
२०७९ आश्विन ७, शुक्रवार ०६:१३ बजे

काठमाडौं । म्यादी प्रहरीमा मागभन्दा दोब्बर आवेदन परेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा चुनावको सुरक्षाका लागि भन्दै १ लाख १५ हजार म्यादी प्रहरी माग गरिएकोमा २ लाख ३२ हजार ८८ जनाले आवेदन दिएका छन् ।



म्यादी प्रहरीका लागि ४० दिनको कार्यावधि तोकेर गएको भदौ ३० गते भर्ना खोलिएको थियो ।



आवेदन दिने म्याद हिजो सकिएको छ । सबैभन्दा धेरै मधेस प्रदेशमा आवेदन परेको छ । यस्तै, सबैभन्दा कम कर्णाली प्रदेशमा परेको छ ।

पर्सि ९ गतेदेखि १४ गतेसम्म भर्ना छनोट हुनेछ । दरखास्त दिनेमध्येबाट १ लाख १५ हजार म्यादी प्रहरी छनोट हुन्छन् ।

म्यादी प्रहरीले ४० दिने कार्य अवधिमा तलब र रासनबापत ४१ हजार ९ सय ६० रुपैयाँ पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्