परराष्ट्र सचिव पौड्याल र विभिन्न देशका विदेशमन्त्रीबीच भेटवार्ता

बीरगंज एक्सप्रेस
२०७९ आश्विन ७, शुक्रवार ०६:२१ बजे

काठमाडौं । संयुक्त राष्ट्रसंघको ७७ औं महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क पुगेका परराष्ट्र सचिव भरत राज पौड्याल र विभिन्न देशका विदेशमन्त्री बीच भेटवार्ता भएको छ ।

परराष्ट्र सचिव पौड्यालले बिहीबार माल्दिभ्सका विदेशमन्त्री एचई अब्दुल्ला साहिद र निकारागुआका विदेशमन्त्री डेनिस मोन्काडा कोलिन्द्रेससँग द्विपक्षीय भेटवार्ता गरेको न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपाली स्थायी नियोगले जनाएको छ ।



भेटमा दुई पक्षबीच द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय तहमा पारस्परिक हित र सहयोगका विविध विषयमा छलफल भएको थियो ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्