कलाकार राजु महोत्रा झुन्डिएको अवस्थामा मृत फेला

बीरगंज एक्सप्रेस
२०७९ आश्विन ७, शुक्रवार ०६:३९ बजे

बुटवल । रुपन्देहीको देवीनगरमा कलाकार राजु महोत्रा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।

स्थानीय कलाकार राजु गए राति करिब २ बजेतिर आफ्नै घरमा झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।



३५ वर्षीय मल्होत्रा बिहीबार साँझ गायक नन्दु परियारलगायतसँग आफ्नै घरमा खाना खाएर सुतेका थिए। उनले बुटवलमै रहेर दर्जनौं म्युजिक भिडियो निर्माण र अभिनय समेत गरेका छन्।



मल्होत्राको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रदेशिक अस्पताल पुर्‍याइएको छ।

घटनाबारे अनुसन्धान अघि बढाईएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्