जसपाका नेता श्रीपाइली एमालेमा प्रवेश

बीरगंज एक्सप्रेस
२०७९ आश्विन ७, शुक्रवार ०७:०१ बजे

काठमाडौँ । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तिलक श्रीपाइली नेकपा एमालेमा प्रवेश गरेका छन् ।

च्यासलस्थित पार्टी मुख्यालयमा पार्टीका महासचिव शंकर पोखरेलले जसपा नेता श्रीपाइलीलाई खादा लगाएर स्वागत गरेका हुन् ।



श्रीपाइलीले देश र जनताको हितमा अगाडि बढिरहेको एमालेविरुद्ध घेराबन्दी भइरहेको समयमा पार्टीका पक्षमा यथाशक्य योगदान गर्न आफू निस्वार्थ एमालेमा प्रवेश गरेको बताए ।



अनेरास्ववियुबाट राजनीतिक यात्रा सुरु गरेका श्रीपाइलीको करिब तीन दशकको राजनीतिक जीवन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्