निर्वाचन आचारसंहितामा हस्ताक्षर गर्न प्रधानमन्त्रीलाई बोलाउने आयोगको तयारी

बीरगंज एक्सप्रेस
२०७९ आश्विन ७, शुक्रवार ०८:४८ बजे

काठमाडौं । आगामी मंसिरमा हुने चुनावको निर्वाचन आचारसंहितामा हस्ताक्षरका लागि प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख राजनीतिक दलका नेताहरुलाई आयोगमा बोलाउने तयारी गरेको छ ।

निर्वाचन आयोग स्रोतका अनुसार आचारसंहिता पालनाको प्रतिबद्धता व्यक्त गर्न प्रधानमन्त्री देउवालाई आगामी आइतबार आयोगमा बोलाउने तयारी गरेको हो ।



हस्ताक्षरका लागि गृहमन्त्री बालकृष्ण खाँण लगायत प्रमुख राजनीतिक दलका नेताहरुलाई बोलाउने स्रोतले जनाएको छ ।



आयोगले निर्वाचन आचारसंहिता असोज ११ गतेदेखि लगाउने तयारी गरेको छ ।

प्रदेश र प्रतिनिधिसभा निर्वाचन मंसिर ४ गते हुँदैछ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्