हेथ्रो विमानस्थलमा दुई विमान एकआपसमा ठोक्किए



एजेन्सी । बेलायतको हेथ्रो विमानस्थलमा बुधबार राति दुई विमान एकआपसमा ठोक्किएका छन् ।

कोरियन एयरलायन्सको ७७७ विमान र आइल्यान्ड एयरको ७६७ जेट सामान्य ठोक्किएका हुन् ।



‘घटनामा कोही पनि घाइते भएको सूचना छैन। यात्रु र चालक दलका सदस्यको उद्धार गर्न विमानस्थलमा केही समय आपतकाल घोषणा गरिएको थियो,’ विमानस्थलका प्रवक्ताले पुष्टि गरे ।



कोरियन विमानमा सवार गार्जियनका पत्रकार डान सब्बागले दुर्घटना भयंकर भएको उल्लेख गरेका छन्। उनले आफू चढेको विमान अर्को विमानले काटिदिएको अनुभूत भएको उल्लेख गरेका छन् । एक विमानको पंखामा क्षति भएको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज