यस्तो छ आजको मौसम पूर्वानुमान



काठमाडौं । हाल देशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ ।

जसकारण गण्डकी र बागमती प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा बिहानैदेखि हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।



हाल मधेस प्रदेश र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।



शुक्रबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज