युक्रेनका चारवटा क्षेत्रलाई आज औपचारिक रूपमा आफ्नो देशमा गाभ्दै पुटिन



एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका चारवटा भूभागलाई आज औपचारिक रूपमा आफ्नो देशमा गाभेको घोषणा गर्ने भएका छन् ।

रुसले पाँच दिन लामो जनमतसंग्रह गरेपछि त्यसको नतिजाअनुसार युक्रेनका लुहान्स्क, दोनेत्स्क, जापोरिजिया र खेर्सनलाई शुक्रबार औपचारिक रूपमा आफूमा गाभिएको घोषणा गर्न लागेको हो ।



युक्रेनको दक्षिण पूर्वमा रहेका ती क्षेत्रहरू रणनीतिक रूपमा निकै महत्त्वपूर्ण मानिन्छ । जनमतसंग्रहमा ती क्षेत्रका लगभग सबैजसो नागरिकले रुसमा गाभिने पक्षमा मत दिएका रुसी अधिकारीहरूले दाबी गरेका छन् ।



रुसी राष्ट्रपति पुटिनले एक समारोहबीच ती क्षेत्र आफ्नो देशमा गाभिएको घोषणामा हस्ताक्षर गरेपछि विशेष भाषण गर्ने कार्यक्रम रहेको राष्ट्रपति कार्यालय क्रेमलिनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज