सिट बाँटफाँटलाई अन्तिम रुप दिन गठबन्धनको बैठक बस्दै



काठमाडौं । सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । सिट बाँडफाँटलाई अन्तिम रुप दिन प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

आजको बैठकले दलहरुले पाउने सिट संख्या टुङ्ग्याउने बताइएको छ । साथै दोहोरो दाबी रहेका केही क्षेत्रबारे पनि आजको बैठकले निर्णय लिने बताइएको छ ।



एकीकृत समाजवादीले आफूले पाउनुपर्ने सिट संख्या बढाइनुपर्ने भन्दै असन्तुष्टि जनाइरहेको छ । गठबन्धनमा लामो समयदेखि सिट बाँडफाँटको विषय पेचिलो बन्दै आएको थियो ।



नेताहरूले अब भने करिब करिब टुंगो लागिसकेको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज