गोठाटार गोलीकाण्ड : हत्यामा संलग्न तीन जना पक्राउ



काठमाडौं । काठमाडौंको गोठाटारमा भएको लाल मोहम्मदको हत्यामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन् । उनीहरूलाई वीरगञ्ज लगायतका क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुको विवरण प्रहरीले गोप्य राखेको छ । उनीहरूलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ।



सर्लाही हरिवनका लाल मोहम्मदको हत्याका प्रमुख योजनाकार नितेन मदान खान खुँखार अपराधी भारतका अर्जुन भन्ने उदय सेट्ठीका प्रमुख सहयोगी भएको खुलेको थियो ।



दुई साताअघि गोठाटारमा अज्ञात समूहले मोहम्मदको गोली हानी हत्या गरेको थियो । घटनाको अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध कार्यालयका प्रमुख, एसएसपी जनक भट्टराईको संयोजकत्वमा समिती गठन भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज