आफ्नै छोराको हत्या गरी फरार रहेका थारु पक्राउ



बर्दिया । आफ्नै छोराको हत्या गरी फरार रहेका बर्दियाबाट एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले बर्दियाको बारबर्दिया नगरपालिका–११ का लौरंगलाल थारुलाई पक्राउ गरेको हो ।



थारुले आफ्नै २० वर्षीय छोरा बिबेक चौधरीलाई फुटेको बियरको बोतलले पेटमा प्रहार गरी हत्या गरेका थिए ।



थारुलाई आज बिहान बर्दियाको ईन्द्रपुरमा लुकिछिपी हिँडिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज