मोरङमा यस्तो छ गठबन्धनबीच सिट भागबण्डा



विराटनगर । मोरङमा सत्ता गठबन्धनका प्रमुख चार दलले सिट भागबण्डा टुंगो लगाएका छन् ।

मोरङको प्रतिनिधिसभाका ६ वटा निर्वाचन क्षेत्रमध्ये ४ वटा नेपाली कांग्रेसलाई र २ वटा माओवादीलाई दिनेगरी सहमति भएको हो ।



क्षेत्र नम्बर ४ र ५ नेकपा माओवादीले पाउने भएको छ भने बाँकी ४ वटा निर्वाचन क्षेत्र कांग्रेसको भागमा परेको छ ।



४ र ५ यसअघि ०७४ को निर्वाचनमा पनि माओवादीले जितेको थियो ।

मोरङ १ बाट कांग्रेसका डिकबहादुर लिम्बू, २ डा.मिनेन्द्र रिजाल र सुजाता कोइरालामध्ये एक जना, ३ बाट कांग्रेसका सुनिल शर्मा, ४ बाट माओवादीका अमनलाल मोदी, ५ बाट माओवादीकै शिवकुमार मण्डल र मोरङ क्षेत्र नम्बर ६ बाट कांग्रेस नेता डा. शेखर कोइरालाले एमालेसँग प्रतिस्पर्धा गर्नेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज