अफगानिस्तानको एक एजुकेसन सेन्टरमा विस्फोट हुँदा १९ जनाको मृत्यु



एजेन्सी । अफगानिस्तानको राजधानी काबुलको एक एजुकेसन सेन्टरमा भएको विस्फोटमा कम्तिमा १९ जनाको मृत्यु भएको छ ।

केही घाइते भएका छन् । प्रहरीका अनुसार शहरको पश्चिमी इलाकाको एजुकेसन सेन्टरमा विस्फोट भएको हो ।



सेन्टरका कर्मचारीका अनुसार विद्यार्थीहरुले परीक्षा दिइरहेका बेला विस्फोट भएको हो । यो इलाकामा बस्ने अधिकतम मानिसहरु हजारा समुदायका हुन् ।



घटनाको कुनै समूहले जिम्मा लिएको छैन । तालिबानको गृह मन्त्रालयले घटनाको निन्दा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज