तिहारसम्म साझा यातायातका थप ३७ विद्युतीय बस नेपाल आउने



काठमाडौँ । साझा यातायातले चीनबाट थप ३७ वटा विद्युतीय बस ल्याउने भएको छ।

साझाले चीनबाट ल्याउन लागेका विद्युतीय बस शुक्रबार कोदारी हुँदै न्यान्जिङबाट काठमाडौंका लागि छुटेका छन्।



४० वटा विद्युतीय बस सञ्चालनमा ल्याउन लागेको साझाले तीनवटा विद्युतीय बस यसअघि नै काठमाडौं ल्याइसकेको छ। चीनबाट छुटेका बस केही दिनमै बाेर्डरमा आइपुग्ने भए पनि बिदाका कारण दसैँपछि मात्र भन्सार पास हुनेछ।



कम्पनीबाट उत्पादित ३ ओटा विद्युतीय बस परिक्षणका लागि गत असारमा नेपाल भित्रिएका थिए। सफल परिक्षण पश्चात हाल यी बस काठमाडौं उपत्यकामा सञ्चालन भइरहेका छन्। अपांगमैत्री रहेकाले सबैलाई सहज भएको साझा यातायातको भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज