राजेन्द्र महतोले छाडे धनुषा ३, गृहजिल्ला सर्लाही–२ बाट उम्मेदवार बन्ने



जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले धनुषा क्षेत्र नम्बर ३ बाट उम्मेदवार बन्ने दावी छाडेका छन् ।

२०७४ को चुनावमा धनुषा–३ बाट चुनाव जितेका महतो आगामी चुनावमा भने सर्लाही–२ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुने भएका छन् ।



धनुषा–३ बाट एमालेकी जुली महतोले चुनाव लड्ने भएपछि महतो सर्लाहीबाट चुनाव लड्न लागेका हुन् ।



२०७४ सालमा मधेसी मोर्चाको उम्मेदवार रहेका महतोले एमालेको पनि अघोषित साथ पाएका थिए । त्यसको बलमा उनले नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिलाई पराजित गरेका थिए ।

तर महतोले पनि धनुषा-३ बाट चुनाव नलड्ने भएका हुन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज