मोरङको रंगेलीमा ३२ वर्षीय अशोककुमार मृत फेला



मोरङ । मोरङको रंगेलीमा एक जना युवाको शव भेटिएको छ । जिल्लाको सुनवर्षी नगरपालिका ४ बटरबारी बस्ने ३२ वर्षीय अशोककुमार यादव धामीको शव भेटिएको हो।

घरबाट काम गर्न भनी हिँडेका यादवको आज बिहान मोरङको रङेली बटरवारी जाने भित्री सड्क खण्डमा शव भेटिएको हो ।



यादव असोज १४ गते घरबाट काम गर्ने भनेर प्र-नं-१०२०४४ प.३२६१ नम्बरको मोटरसाइकल लिएर हिँडेका थिए ।



शव शङ्कास्पद देखिएकोले थप अनुसन्धान गर्न कुकुर सहितको टोली खटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज