गोठाटार गोलीकाण्ड : वीरगञ्जमा भारतीय नागरिकले दिए पेस्तोल, पक्राउ परेका मध्ये दुई जना हतियार व्यवस्थापक



काठमाडौं । काठमाडौंको गोठाटारमा भएको लाल मोहम्मदको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन जना मध्ये दुई जना हतियार व्यवस्थापन गर्नेहरु भएको खुलेको छ ।

पक्राउ परेकामध्ये दुई पुरुष सुटरलाई हतियार व्यवस्थापनमा संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको हो । असोज ४ गते बेलुकी भएको हत्याको घटनामा संलग्न दुई जना पुरुष र एक जना महिलालाई प्रहरीले पक्राउ गरेको थियो ।



उनीहरुलाई भारतीय नागरिकले हतियार दिएको र वीरगञ्जमा हतियार बुझेका उनीहरुले काठमाडौंमा सुटरलाई बुझाएका थिए । उनीहरुले २ असोज अर्थात घटनाको अघिल्लो दिन नै सुटरलाई हतियार बुझाएका थिए ।



त्यसबाट फर्किएका उनीहरु वीरगञ्जमा पक्राउ परेका हुन् । पक्राउ परेकी अर्की एक महिला भने रेकी गर्न प्रयोग भएको प्रहरीको दाबी छ । उनी लागू औषधसम्बन्धी मुद्दामा जेल समेत परेकी थिइन् ।

गत असोज ३ गते काठमाडौंको गोठाटारस्थित जम्बुडाँडामा गार्मेन्ट व्यवसायी लाल मोहम्मदको गोली हानी हत्या भएको थियो । मोटरसाइकलमा आएका २ जनाले गोली हानी फरार भएका थिए ।

घटनाको अनुसन्धानका लागि काठमाडौं उपत्यका अपराध कार्यालयका प्रमुख, एसएसपी जनक भट्टराईको संयोजकत्वमा समिती गठन भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज