अझै खुलेन गल्छी–देवीघाट सडकखण्ड | Online Nepal

बीरगंज एक्सप्रेस
२०७९ आश्विन १४, शुक्रवार ०८:१९ बजे

नुवाकोट । ‘गल्छी-रसुवागढी सडक योजना’ अन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका-७ लामासोतीमा बिहीबार अपराह्न गएको सुक्खा पहिरोले सडक अवरुद्ध भएको छ ।

नुवाकोट र रसुवावासीलाई अन्य जिल्लासँग जोड्ने मुख्य राजमार्गमा पहिरो जाँदा आवागमन पूर्णरूपमा बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक गुणनिधि खकुरेलले जानकारी दिए ।



चारपाङ्ग्रे सवारीसाधन आउजाउ गराउन वैकल्पिक सडक नहुँदा काठमाडौँ  पुगेर टोखा छहरेको सडक हुँदै आउन उनले आग्रह गरे ।



‘गल्छी-देवीघाट सडकखण्ड’ अन्तर्गत पर्ने बुधसिंहघाटस्थित लामासोतीमा गत वर्ष ठूलोभिर काटेर ‘गल्छी-रसुवागढी सडक योजना’ अन्तर्गतको दायाँबायाँ ११ मिटर सडक निर्माण गरिएको थियो ।

उक्त स्थानमा करिब पाँच सय मिटरमाथिबाट खसेको सुक्खा पहिराले दुई सय मिटर सडक पूणर्रूपमा अवरुद्ध बनाएको छ ।

सडक खुलाउन ‘गल्छी-रसुवागढी सडक योजना’को कार्यालय र डिभिजन सडक नुवाकोटले प्रयास गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्