प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं-१ बाट रवीन्द्र मिश्रको उम्मेदवारी घोषणा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका हुन् ।



मिश्रको उम्मेदवारी घोषणा सभामा राप्रपाका पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनीलगायत नेता कार्यकर्ता उपस्थित थिए। उनी २०७४ मा पनि यही क्षेत्रबाट उम्मेदवार बनेका थिए ।



विवेकशील साझा पार्टीबाट उम्मेदवार रहेका मिश्रले १० हजार ११८ मत पाएका थिए भने नेपाली कांग्रेसका प्रकाशमान सिंह १० हजार ९३६ मतका साथ निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज