तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बजारमा पठाउँदै

बीरगंज एक्सप्रेस
२०७९ आश्विन १४, शुक्रवार ०८:४७ बजे

काठमाडौँ । लामो समयदेखि तरलताको अवस्था सुधार नभएपछि राष्ट्र बैंकले रिपोमार्फत ३० अर्ब रुपैयाँ बजारमा पठाउने भएको छ ।

अल्पकालिन रूपमा तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले १४ दिनका लागि उक्त रकम बजारमा पठाउन लागेको हो ।



बिहीबार बोलकबोल भएर बिहीबार नै जारी हुने उक्त रिपोका लागि बैंकहरुले न्यूनतम १० करोड वा सोभन्दा माथि १० करोडले भाग जाने अंकमा अवेदन दिन सक्ने राष्ट्र बैंकले जनाएको छ ।



उक्त रिपोको अवधि २७ असोजसम्म रहनेछ । बिहीबार नै खुला बजार कारोबारसम्बन्धी विनियमावली संशोधन गर्दै स्थायी तरलता सुविधासम्बन्धी व्यवस्थामा दशैंमा हुने लामो बिदामा सहजीकरण गर्ने व्यवस्था गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्