८ वर्ष जेल बसेका बीपीले राजाको विरोध कहिल्यै गरेनन् : रवीन्द्र मिश्र



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले नेपाली कांग्रेस प्रचण्डीकरण भएको बताएका छन् ।

शुक्रबार पार्टीका तर्फबाट प्रतिनिधिसभातर्फ काठमाडौं क्षेत्र नम्बर १ मा आफ्नो उम्मेदवारी घोषणा गर्दै मिश्रले यस्तो बताएका हुन् ।



उनले कांग्रेस सिद्धान्तहीन भएको भन्दै प्रचण्डीकरण भएर देशको हित हुन नसक्ने बताए ।



मिश्रले कांग्रेसमा बीपी, गणेशमान र किसुनजीको आदर्श हराएको उल्लेख गर्दै भने, ‘नेपाली कांग्रेसमा प्रचण्डीकरण भयो । बीपी, किसुनजी, गणेशमानको आदर्श कांग्रेसले छाडेको हो ।

८ वर्ष जेल बस्ने बीपीले राजाको विरोध कहिल्यै गरेनन् । कृष्णप्रसाद १४ वर्ष जेल बस्दा कहिल्यै राजाको विपक्षमा हुनुभएन ।’

बीपी, गणेशमान र कृष्णप्रसादको आदर्श मान्ने कांग्रेसीप्रति आफ्नो सम्मान भएपनि जो प्रचण्डकीकरण भए उनीहरुप्रति सम्मान नरहेको मिश्रले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज