वनमन्त्री यादव स्वदेश फिर्ता | Online Nepal



काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादव अमेरिकामा सञ्चालित ग्लोबल मिथेन क्लाइमेट क्लिन एयर फोरम २०२२ को चार दिने कार्यक्रममा सहभागी भई आज स्वदेश फिर्ता भएका छन् ।

यही असोज ११ देखि १४ गतेसम्म सञ्चालन भएको उक्त ग्लोबल मिथेन क्लाइमेट क्लिन एयर फोरम २०२२ को कार्यक्रममा सहभागी हुन मन्त्री यादव नेपाल सरकारका तर्फबाट अमेरिका प्रस्थान गरेका थिए ।



अमेरिकी सरकारको निम्तोमा त्यहाँ गएका मन्त्री यादवले नेपालको प्रतिनिधित्व गर्दै मिथेन ग्यास उत्सर्जन न्यूनीकरण गर्न राष्ट्रहरूले कस्ता प्राविधिक नीति बनाउने र मिथेनको प्रभावलाई न्यूनीकरण गर्दै यसको प्रयोग कसरी गर्ने लगायतका विषयमा छलफल गरेको उनको सचिवालयले जनाएको छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज