थप ६३ जनामा कोरोना संक्रमण पुष्टि, १०३ जना निको

बीरगंज एक्सप्रेस
२०७९ आश्विन १४, शुक्रवार ०९:४४ बजे

काठमाडौं । पछिल्लो २४ घण्टामा ६३ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।

दुई हजार ५३५ वटा नमूना परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको हो ।



त्यस्तै, आज १०३ जना कोरोना संक्रमणमुक्त भएका छन् ।



योसँगै हाल देशभर सक्रिय संक्रमित एक हजार चार जना रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्