सत्तामा बसेकाहरुले प्रजातन्त्रको खोल ओडेर प्रजातन्त्रलाई मास्ने काम गरे : प्रकाशचन्द्र लोहनी

बीरगंज एक्सप्रेस
२०७९ आश्विन १४, शुक्रवार ०९:५९ बजे

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनीले संविधानको उलंघन सत्तामा बसेका दलहरुले गरेको बताएका छन् ।

शुक्रबार पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको उम्मेदवारी घोषणा कार्यक्रममा बोल्दै लोहनीले यस्तो बताएका हुन् ।



लोहनीले प्रजातन्त्रको खोल ओडेर प्रजातन्त्रलाई मास्ने काम सत्तारुढ दलबाट भइरहेको जिकिर गरे ।



लोहनीले भने, ‘सत्तामा बसेका पश्चगमनकारी हुन् । संविधानको निरन्तर उलंघन हुनु प्रजातन्त्र हो ? प्रजातन्त्रको खोल ओडेर प्रजातन्त्रलाई मास्ने काम भइरहेको छ। भागबण्डा गर्नु नै अग्रगमन हो, खुलेआम पदहरु बेच्ने काम भएको छ । ’

लोहनीले भ्रष्टाचार, बेतिथि र अराजक प्रवृत्तिलाई राप्रपाले विरोध गर्ने बताए । लोहनीले नेपालीहरुलाई जोड्ने शक्तिमा रुपमा राजसंस्थाले काम गर्न सक्ने पनि जिकिर गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्