राजनीति निमुखाको पक्षमा भएन, युवाले जनताका लागि राजनीति गर्नुपर्छ : पूर्व राष्ट्रपति यादव



काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले निमुखा जनताको पक्षमा राजनीति गर्ने बेला आएको बताएका छन् ।

शुक्रबार भक्तपुरमा नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठीले १५३औँ गान्धी जयन्ती तथा अन्तर्राष्ट्रिय अहिंसा दिवसका अवसरमा गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनले जनताको समस्या बुझ्दै निमुखा जनताको पक्षमा राजनीति गर्ने बेला आएको बताए ।

गान्धीको विकासको सोच, निमुखा जनताप्रति करुणा राख्ने राजनीति रहेपनि अहिलेको राजनीति निमुखाको पक्षमा हुन नसकेको उनले बताए ।

अब युवा वर्गले जनताका लागि राजनीति गर्नुपर्ने उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज