बैतडी प्रशासनले भन्यो – १५ दिनभित्र हतियार बुझाउनू



बैतडी । जिल्ला प्रशासन कार्यालय बैतडीले १५ दिनभित्र हतियार बुझाउन आग्रह गरेको ।

आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनकालाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि प्रशासनले हतियार बुझाउन आग्रह गरेको हो ।



शुक्रबार जारी गरेको सूचनामा आगामी कात्तिक ५ गतेभित्र इजाजत प्राप्त विभिन्न किसिमका हतियारलाई नजिकका प्रहरी कार्यालयमा बुझाउनु पर्ने उल्लेख छ ।



बुझाएका हतियारलाई निर्वाचनपछि फिर्ता गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज