टी–२० विश्व कप विजेताले २० करोड रुपैयाँभन्दा धेरै पुरस्कार पाउने, अन्यले कति ?



एजेन्सी । पुरुष टी–२० विश्व कपका जित्ने टिमले २० करोड रुपैयाँ (१६ लाख अमेरिकी डलर) भन्दा धेरै पाउने भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अस्ट्रेलियाको मेलबर्नमा हुने टी–२० विश्व कपका लागि पुरस्कार राशिको घोषणा गरेको हो ।



यस्तै उपविजेताले यसको आधी अर्थात् आठ लाख अमेरिकी डलर पाउने छ । सेमिफाइनल पुग्ने टोलीले चार लाख डलर पाउने आईसीसीले जनाएको छ ।



टी–२० विश्व कपमा १७ टिमले खेल्नेछन्, यो प्रतियोगिता झन्डै एक महिनासम्म चल्ने छ । प्रतियोगितामा आठ टिम सुपर १२ मा आउर बाहिर हुनेछन् । जसमा हरेक टिमले ७० हजार डलर पाउने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज