एमाले महासचिव पोखरेल भने – ओलीसँग गठबन्धनको भावी प्रधानमन्त्रीको जनमत संग्रह गर्न चाहन्छौँ

बीरगंज एक्सप्रेस
२०७९ आश्विन १५, शनिवार ०८:०७ बजे

कास्की । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टीको तर्फबाट भावी प्रधानमन्त्री र गठबन्धनले अगाडि सार्ने भावी प्रधानमन्त्रीबीच जनमत संग्रह गर्न चाहेको बताएका छन् ।

एमाले कास्की जिल्ला कमिटीद्वारा पोखरामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।



गठबन्धनमा रहेका दलहरूलाई प्रश्न गर्दै भने, ‘को हो तपाईँहरूको निर्वाचनपछिको प्रधानमन्त्री? हामी तपाईंहरूले अगाडि सार्ने भावी प्रधानमन्त्रीसँग हामीले अगाडि सारेका भावी प्रधानमन्त्रीबीच जनमत संग्रह चाहन्छौं ? कि निर्वाचनपछि प्रधानमन्त्रीका लागि गठबन्धनभित्रै झगडा र तमासा गर्ने विचारमा हुनुहुन्छ?’



निर्वाचनमा जनताले नीति मात्र होइन, नेता छान्न पाउनुपर्छ भन्ने मान्यताका साथ आगामी निर्वाचनमा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेको बताए।

उनले नयाँ जनमतमा जानु लोकतन्त्रको विरुद्धमा नहुने बताए। देशको नेतृत्व गरिरहेका दलका नेताहरू आज कांग्रेससँग निर्वाचनमा उम्मेदवारी दिने सिट माग्ने अवस्थामा पुगिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्