संविधान जोगाउन वामलोकतान्त्रिक गठबन्धन आवश्यक छ : महासचिव गुरुङ



कास्की । नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले व्यवस्था नै संकटमा परेको बताएका छन् । माओवादी केन्द्र पोखरा महानगर कमिटीले शनिबार आयोजना गरेको कार्यक्रममा महासचिव गुरुङले यस्तो बताएका हुन् ।

गुरुङले राष्ट्रियतामाथि नै आक्रमण हुन थालेको दाबी गर्दै प्रणालीमा चित्त नबुझे बहस गर्नुपर्ने तर अस्थिरता निम्त्याउने काम गर्न नहुने बताए । उनले व्यवस्था र संविधान जोगाउन वामलोकतान्त्रिक गठबन्धन आवश्यक रहेको बताए ।



नजिकिँदै गरेको निर्वाचनमा केन्द्रित रहदै उनले अहिले टिकट लिने क्रममा आ–आफ्नो पार्टीभित्र संघर्ष भए पनि टिकट पाएपछि वामलोकतान्त्रिक गठबन्धन नै एकताबद्ध भएर अगाडि बढ्ने बताए ।



महासचिव गुरुङले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नहुनुले पनि व्यवस्थामाथि खतराको संकेत गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज