विवेकशील साझाले गर्‍यो ‘विचारभन्दा माथि देश’ सिद्धान्त खारेज



काठमाडौं । विवेकशील साझा पार्टीले ‘विचारभन्दा माथि देश’ दस्तावेज खारेज गरेको छ । शुक्रबार बसेको पार्टी केन्द्रीय समितिको बैठकबाट उक्त सिद्धान्त खारेज गर्ने निर्णय गरिएको हो ।

पार्टीको शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले यस सिद्धान्तलाई विवादस्पद र घातक दस्तावेज भन्दै खारेज गरेको हो।



यस्तै उक्त विचारसँग असहमत पार्टीका केन्द्रीय तथा अन्य समितिका नेताहरूसँग तत्काल संवाद गरी समस्याको समाधान गर्न अग्रसर समेत हुने बैठकले निर्णय गरेको छ।



केन्द्रीय समितिका केही नेताहरूले पार्टीको हित विपरीत गतिविधि गरेको भन्दै उनीहरूलाई स्पष्टीकरण सोध्ने पनि निर्णय भएको प्रवक्ता परियारले बताए।

“शुक्रबार बसेको पार्टी केन्द्रीय समिति बैठकले उक्त दस्तावेजकै कारण पार्टीभित्र तीव्र राजनीतिक असहमति सुरु भएको र त्यसले पार्टी निर्माण र पब्लिक सर्भिस डेलिभरीको आशावादी राजनीतिक मिसन प्रत्युत्पादक भएको निष्कर्ष निकाल्दै दस्तावेज खारेज गर्ने निर्णय गरिएको हो,” प्रवक्ता परियारले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

पूर्वअध्यक्ष रवीन्द्र मिश्रले उक्त दस्तावेज सार्वजनिक गरेका थिए । हाल उनी उक्त पार्टी परित्याग गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज