विवेकशील साझा बैठक : पूर्वअध्यक्ष मिश्रका पालामा ल्याएको ‘विचारभन्दा माथि देश’ सिद्धान्त खारेज



काठमाडौं । विवेकशील साझा पार्टीको शुक्रबार बसेको केन्द्रीय समितिको बैठकले विचारभन्दा माथि देशको सिद्धान्त खारेज गरेको छ ।

बैठकले पार्टीले पूर्वअध्यक्ष रवीन्द्र मिश्रका पालामा ल्याएको सिद्धान्त खारेज गरेको हो । बैठकले उक्त सिद्धान्तलाई विवादास्पद र घातक दस्तावेज निष्कर्ष निकालेको छ ।



बैठकले उक्त सिद्धान्त प्रत्युत्पादक भएको निष्कर्ष निकाल्दै दस्तावेज खारेज गर्ने निर्णय गरेको पार्टी प्रवक्ता प्रकाशचन्द्र परियारले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।



प्रवक्ता परियारले उक्त दस्तावेजकै कारण पार्टी भित्र तीव्र राजनीतिक असहमति सुरू भएको दावी गरेका छन् । बैठकले केही नेताहरूमाथि पार्टी हित विपरित कार्य गरेको भन्दै स्पष्टीकरण लिने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज