भारतमा फाइभ–जी मोबाइल सर्भिस सुरु



एजेन्सी । भारतमा फाइभ–जी मोबाइल सर्भिस औपचारिक रुपमा सुरु भएको छ ।

भारतका दिल्ली, मुम्बई, बेङ्गलुरु, बाराणसीसहित ८ शहरमा फाइभ–जी सेवा सुरु भएको हो ।



दिल्लीमा आयोजित इण्डियन मोबाइल कंग्रेस २०२२ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फाइभ–जी मोबाइल सर्भिसको उद्घाटन गरेका हुन्।



यससँगै अल्ट्रा हाइस्पिड इन्टरनेटको बाटो खुला भएको छ । कार्यक्रममा एयरटेलका अध्यक्ष सुनील मित्तलले आफ्नो कम्पनीको फाइभ–जी सर्भिस सुरु भएको जानकारी दिए ।

साथै २०२४ सम्म देशभर यो सेवा उपलब्ध गराउने उनले दावी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

बीरगंज एक्सप्रेस

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज