जनकपुरः बिहेको २२ दिनमै जेठानीसँग नवदुल्ही फरार, परिवारमा बिच्चली



जनकपुरधाम । धनुषामा बिहे भएको २२ दिनमै एक नवदुल्ही र जेठानीसँगै फरार भएपछि परिवारमा बिच्चली भएको छ ।

धनुषाको धनौजी गाउँपालिका वडा नम्बर २ धनौजी गाउँ बस्ने स्थानीय अनिल कुमार साह र सुनिल कुमार साहकी श्रीमतिसँगै फरार भएपछि परिवारमा बिच्चली भएको छ ।

२२ दिन अघि मात्र बिहेको भएको सुनिल कुमार साहलाई अहिले चौतर्फी तनाव भएको छ । नवदुल्ही जेठानी सँगै भागेपछि सुनिलका दाई अनिल कुमार साह पनि बिच्चलीमा छन् । उनको एक डेढ बर्षे छोरीलाई छाडेर गएपछि बच्चालाई बिच्चली भएको छ ।

अनिलको करिब ६ बर्ष अगाडी लभ म्यारेज (प्रेम विवाह) भएको थियो । उनको धनुषाको दुहबी महिनाथपुर बस्ने एक मुस्लिम समुदायकी जलिना खातुन (अहिले सँध्या साह) सँग प्रेम विवाह भएको थियो । जलिना समेत गएराती फरार भएकी छन् ।

भारतको मधुवनी बिहारस्थित दुर्गास्थान बिवाह भएको अनिलका कान्छो भाई सुनिलको २२ दिन अगाडी बिहे भएको थियो । घरबाट आफन्तहरु जान नपाउँदै नवदुल्ही नै भागेपछि उनलाई प्रतिष्ठाको सोचेर अहिले तनावमा छन् ।

झन लभ म्यारेज गरेका अनिलको श्रीमति पनि भागेपछि उनलाई छोरीको चिन्ताले सताउन थालेको छ । उनीसँग डेढ बर्षिय छोरी सुचिता साहलाई छाडेर श्रीमति फरार भएको सुनाए ।

आज बिहान करिब २ः५८ मिनेटमा सिसिटिभीमा दुवै जना देखिएकी छन् । दुवै जना दियादनी हुन् । सँगै फरार भएपछि विभिन्न शंका उपशंका उब्जेको छ । मोबाईलमा इमोबाट एक जनासँग निरन्तर सम्पर्क भएको अनिलले बताए ।

राती २ः५८ मा दुईबटा मोटरसाईकल लिन आएको देखिएको बताए । तर, सिसिटिभीमा अनुहार र बाईकको नम्बर प्लेट क्लीयर नभएको बताए । उनले जानकारी प्रहरीमा गराईसकेको बताउँदै मानव बेचबिखनमा सँलग्नको शंका समेत गरे ।

अनिलको घरबाट बिहेबारीमा दिएको नयाँ नयाँ गरगहना र ४५ हजार रुपैयाँ लिएर भागेको बताए । तराई मधेशमा यस्ता घटनाहरु बढन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज