काठमाडौँ । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री एवं प्रदेश सांसद दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार सोडारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
सोडारी कैलाली ४९१० बाट एकीकृत समाजवादीबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । सोडारी २०७४ मा उनी २०७४ माघदेखि २०७५ कात्तिक सम्म प्रदेशको सामाजिक विकास मन्त्रीको जिम्मेवारीमा समेत थिए ।
त्यस्तै उनी २०७८ जेठ १४ गतेदेखि २०७९ मंसिरसम्म प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री बनेका थिए ।
प्रतिक्रिया!