करिब डेढ अर्ब भ्रष्टाचार मुद्दामा मुछिएका बागमति नगरपालिकाका मेयर थापा ५० लाख धरौटीमा रिहा

{"remix_data":[],"remix_entry_point":"challenges","source_tags":["local"],"origin":"unknown","total_draw_time":0,"total_draw_actions":0,"layers_used":0,"brushes_used":0,"photos_added":0,"total_editor_actions":{},"tools_used":{},"is_sticker":false,"edited_since_last_sticker_save":false,"containsFTESticker":false}
न्यूज डेस्क
२०८२ असार ३, मंगलवार १६:३४ बजे

सर्लाही ।  सर्लाहीको बागमती नगरपालिकाका निलम्बित नगरप्रमुख भरतबहादुर थापा धरौटीमा रिहा भएका छन् ।

सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले उनलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

थापामाथि अवैध रूपमा ढुङ्गा, गिटी र बालुवा उत्खनन गरी वन ऐनको उल्लङ्घन गरेको आरोप लागेको छ ।

उनीमाथि ४७ लाख घनमिटरभन्दा बढी वन पैदावारमा क्षति पुर्‍याएको आरोपसहित १ अर्ब ४७ करोड ३९ लाख ४३ हजार ३३७ रुपैयाँ ४५ पैसाको बिगो दाबी गरिएको थियो ।

उक्त प्रकरणमा नगरप्रमुख थापासहित उपप्रमुख लीला कुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल, इन्जिनियर सागर पौडेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध पनि मुद्दा दायर गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

न्यूज डेस्क

न्यूज डेस्क

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्