वीरगंजमा सुबिसु केबल नेटको लापरबाहीले उपभोक्ताहरू हैरान, नियामक निकाय मौन



वीरगंज – ३० असोज। इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबल नेटको चरम लापरबाहीका कारण वीरगंजका उपभोक्ताहरू हैरान भएका छन्। लगातार ४ दिनदेखि इन्टरनेट सेवा पूर्णरूपमा बन्द हुँदा पनि कम्पनीले समस्या समाधानका लागि कुनै कदम नचालेको उपभोक्ताहरूको गुनासो छ।

वीरगंज–तेजारथटोलका उपभोक्ता धर्मेन्द्र प्रसाद यादवका अनुसार, “गत ३ दिनदेखि निरन्तर सुबिसुको कार्यालयमा फोन गरेर समस्या जानकारी गराएको छु। कम्पनीले टिकट आईडी एक्टिभ गरेको पनि ३ दिन भइसकेको छ, तर अहिलेसम्म कुनै टेक्निकल टोली पठाइएको छैन। ग्राहकको आवाजप्रति कम्पनीले पूर्ण बेवास्ता गरेको छ।”

उनका अनुसार सुबिसु केबल नेटको यस्तो लापरबाही र उदासीनताका कारण धेरै उपभोक्ता समस्यामा परेका छन्। “यस्तो सेवा प्रदायक कम्पनीले बारम्बार उपभोक्तालाई ठग्ने काम गर्दै आएको छ। समयमा मर्मत नगर्ने, फोनमा जवाफ नदिने, Ticket ID TKT202510014-8777. टिकट खोलीकन पनि समस्या समाधान नगर्ने काम गर्दै आएको छ,” यादवले भने।

उनले थपे, “नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले यस्तो लापरबाहीपूर्ण सेवा प्रदायकमाथि कडाभन्दा कडा कारबाही गर्नुपर्ने आवश्यकता छ। यस्तो कम्पनीको सेवा अनुमति (लाइसेन्स) नै खारेज गर्नुपर्छ।”

स्थानीयवासीहरूले पनि कम्पनीको व्यवहारप्रति असन्तुष्टि जनाउँदै भनेका छन्, “सुबिसुको टेक्निकल टोली समयमै नआउँदा काममा ठुलो असर परेको छ। सेवा तिरेर पनि सुविधा नपाउने अवस्था आएको छ।”

उपभोक्ताहरूले समयमै मर्मत नगरी अटेरी गर्ने कम्पनी र त्यसप्रति बेवास्ता गर्ने नियामक निकाय दुवैप्रति प्रश्न उठाएका छन् —
“यति ठूलो लापरबाही हुँदा पनि नियामक निकाय कहिले कारबाही गर्छ?”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज