भारतको विहारका विभिन्न स्थानहरुबाट ७ जना मधेश प्रदेशका बालबालिका तथा महिलाको उद्धार गरिएको छ ।
उद्धार गरिएका ५ जना बालक, एक जना बालिका र एक जना महिलालाई आज जनकपुरधामस्थित मधेश प्रदेश प्रमुख कार्यायलमा आफ्न्तलाई जिम्मेवारी लगाइएको छ । उनीहरुलाई विभिन्न बाहाना र प्रलोभन देखाई भारत लगिएको खुलेको छ ।
उद्धार गरिएकोमा सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ सप्तरीका १६ वर्षीय मो.अजिज मिया, सप्तरीकै सम्भुनाथ नगरपालिका ९ की १५ वर्षिया ज्योती कुमारी मुखिया, रौतहटको चन्द्रपुर २ का १४ वर्षीय निमेष माझि, धनुषाको केल्पुर १ का १४ वर्षिय विष्णु सदा, सोही स्थानका १० वर्षिय सुरज सदा, सप्तरीको मनराजा ५ का ११ वर्षिय बचन कुमार सदा र बाराको कलैया १४ की ३३ वर्षिया संगीता कुमारी जयसवाल रहेकी छन् ।
उनीहरुलाई भारतमा भिख माग्ने, श्रम शोसन गर्ने, भगाएर अन्यत्र लैजाने लगायतको अवस्थामा फेला पारी दिल्लीस्थित किन ईन्डिाया नामक संस्थाको अगुवाईमा भारतीय प्रहरी र दुतावासको सहयोगमा नेपाल फिर्ता ल्याएर आफन्तको जिम्मेवारी लगाइएको किन ईन्डियाका निर्देशक नवीन जोशीले जानकारी दिए । उनले विगतमा पनि सयौं जनाको उद्धार गरी अभिभावकको जिम्मा लगाएको बताए । उनका अनुसार यसरी प्रलोभनमा परेर भारतका विभिन्न ठाउँहरुमा श्रम शोसन र बेचिन पुगेकाहरुको संख्या सबैभन्दा बढी मधेश प्रदेशकै रहेको छ ।
उद्धार कार्यमा किन ईन्डियासंगै शुभ अवसर ग्राम नेपाल, आवर संसार, रोटरी कल्ब अफ पाटन दरबार स्क्वायर, रोटरी कल्ब अफ बानेश्वरलगायते निरन्तर सहयोग गर्दै आएको किन ईन्डियाका ग्लोबल ब्रान्ड एम्बेसेडार कल्पना महर्जनले जानकारी दिईन ।