हवल्दार वढुवामा आईजीपीलाई युवराज सफलको प्रश्न – पैसाको बण्डल कहाँ र कसलाई बुझाउन पर्ने हो ?



काठमाडौं । नेपाल प्रहरीको बढुवा प्रणालीमाथि गम्भीर प्रश्न उठेको छ । युवराज सफलले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको पोष्टमा प्रहरी जवानबाट सहायक हवल्दारमा बढुवा नपरेको भन्दै एक प्रहरी जवानले खुलेर गुनासो गरेका हुन् ।

आफ्नो १० वर्षे सेवा अवधि, लिएका तालिम, प्राप्त पुरस्कार र शैक्षिक योग्यता हुँदाहुँदै पनि बढुवाबाट वञ्चित गरेको आरोप भन्दै सफलले ती जवानले गरेको गुनासो सार्वजनिक गरे ।

उनी १० वर्षअघि नेपाल प्रहरीमा भर्ना भएका हुन् । सफलले सार्जजनिक गरेको स्टाटसमा ती जवानले तीन वटा तालिम लिएका छन्, पुरस्कार पनि पाएका छन् र स्नातक तह उत्तीर्ण गरेका छन् ।

तर, प्रहरी प्रधान कार्यालयले असार र माघ महिनामा जवानबाट सहायक हवल्दारमा गरेको ठूलो संख्याको बढुवामा आफू नपरेको युवराजको पोस्टमा उल्लेख छ ।

उनको गुनासो छ, ‘उक्त बढुवामा ८ पास, १० पास र कारबाही खाएकाहरू समेत परेका छन्। योग्य हुँदाहुँदै पनि म बढुवामा पर्न सकिनँ। के नेपाल प्रहरी पहुँच र पैसा हुनेहरूका लागि मात्र हो ? हामी सोझा र सिधा प्रहरीहरू अन्याय र मारमा परेका छौँ।’

सो बढुवा प्रक्रियामाथि प्रश्न उठाउँदै युवराज सफलले भनेका छन्, ‘हेल्लो आइजिपी साब, कुरा के हो ? बढुवाको लागि कति लाखको बण्डल कहाँ र कसलाई बुझाउन पर्ने हो ? विधिसम्मत सरुवा र बढुवा हुन कतिन्जेल कुर्न पर्ने हो ?’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज