बालेनलाई कुर्दै पुर्ख्यौली गाउँ



महोत्तरी ३ बाट संघीयतापछि महन्थ ठाकुर दुईपटक निर्वाचित भइसकेका छन् । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह ‘बालेन’ प्रतिनिधिसभा निर्वाचनमा भाग लिने भएपछि पुर्ख्यौली गाउँ एकडारा र महोत्तरी ३ मा उनको प्रतीक्षा तीव्र हुन थालेको छ ।

बालेनको चर्चा झापा र काठमाडौंलगायत स्थानमा चलिरहँदा एकडाराका बासिन्दा भने पुर्ख्यौली थलोबाट उम्मेदवारी परोस् भन्ने अपेक्षामा छन् । बालेनको घरअगाडि काकाको जग्गामा चिसापसल गरेर बसेका एकडारा गाउँपालिका–२, बेलाका हरदेव यादवले महोत्तरीका छोरा प्रधानमन्त्रीकै दाबेदारका रूपमा चुनावमा उठ्दा गाउँ मात्र नभई सम्पूर्ण जिल्ला र मधेशकै गौरवको विषय हुने बताए । बालेनलाई क्षेत्र नम्बर ३ मा मतदान गर्न एकडारावासी आतुर रहेको उनले सुनाए ।

एकडारा बजारका सत्यनारायण पासवानले बालेन प्रधानमन्त्री बनेको हेर्न चाहेको बताए । ‘मधेशको छोराको काठमाडौंमा त्यत्रो नाम छ । आफ्नै ठाउँमा त झन्धेरै काम गर्न सक्छन्,’ उनले भने, ‘एकपटक पुख्र्यौैली थलोबाट निर्वाचित भई गाउँको गौरव अझै बढनेछ ।’ एकडाराकै युवा गोपाल भण्डारीले बालेनको नाममात्र सुनेको बताउँदै विकास हेर्न चाहेको बताए ।

जलेश्वर नगरपालिका–२ का विजय साहसमेत बालेनका लागि स्थानीयले पार्टीबाट माथि उठेरसोच्ने बताए । बालेन व्यक्तिमात्र नभई अहिले सोच बनिसकेको अवस्थामा पार्टी पहिलो प्राथमिकता नभई बालेन पहिलो प्राथमिकता हुने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज