सरकारले खेल गतिविधि नै प्रभावित पार्यो ः अध्यक्ष पौडेल

बीरगंज एक्सप्रेस
२०७८ भाद्र ४, शुक्रवार १५:५९ बजे

वीरगञ्ज – नेपाल खेलकुद महासंघका केन्द्रीय अध्यक्ष रमेश पौडेलले वर्तमान सरकारले खेल गतिविधि नै प्रभावित हुने गरी काम गरिरहेको आरोप लगाएका छन् । वीरगञ्जमा खेलकुद महासंघ पर्साले आयोजना गरेको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले केपी ओली नेतृत्वको सरकारले खेल र खेलाडीलाई प्रोत्साहन हुने गरी ल्याएका कार्यक्रम वर्तमान सरकारले रोक्दा खेल क्षेत्र नै प्रभावित हुने अवस्था बनेको भन्दै चिन्ता व्यक्त गरे ।

अध्यादेशबाट बनेको सरकारले नागरिकको समस्या समाधान गर्न नसक्ने भन्दै उनले यो सरकारबाट धेरै आशा नगर्न सबैलाई आग्रह गरे । भेलाले महासंघ पर्साका अध्यक्ष मनोज साह र सचिव संदीप बस्नेतको नेतृत्वमा ७५ सदस्यिय मूल आयोजक कमिटि गठन गरेको छ । साथै भाद्र १५ गते सम्म पर्साका १४ वटै पालिकामा समेत संगठन विस्तार गर्ने निर्णय भएको हो।

भेलामा नेकपा एमालेको केन्द्रीय सदस्य निर्मला देवकोटा, नेकपा (एमाले) पर्साका अध्यक्ष प्रभु हजरा, बसरुद्धिन अंसारी, नेपाल खेलकुद महासंघका केन्द्रीय उपाध्यक्ष मानदेव हजरा, केन्द्रीय उपमहासचिव शिव जि गुप्ता, केन्द्रीय उपमहासचिव राजेश साह, केन्द्रीय सचिव राम किशोर सिंह पराग,केन्द्रिय सचिव प्रभुनारायण सिवाकोटी,स्थायी कमिटी सदस्य सफल श्रेष्ठ,प्रदेश अध्यक्ष कमल चौधरी,राष्ट्रिय युवा संघ नेपालका जिल्ला अध्यक्ष मोहमद निजामुद्धिन,विकास रौनियार, अनेरास्ववियुका केन्द्रीय सदस्य हेमन्त तामाङ,तेज प्रसाद बिसाद जेयाद अंसारी, शुसिल केसी लगायतको उपस्थिति रहेको थियो ।

महासंघ पर्साका अध्यक्ष मनोज साहको सभापतित्वमा भएको कार्यक्रममा महासंघका केन्द्रीय सचिव रामकिशोर सिंह परागले स्वागत मन्तव्य राखेका थिए भने नेपाल खेलकुद महासंघका केन्द्रिय सदस्य अकलेश साहले सहजिकरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

लेखकको बारेमा

बीरगंज एक्सप्रेस

बीरगंज एक्सप्रेस

लेखकबाट थप

स्थानीय खबर

सबै हेर्नुहोस्