धर्मेन्द्र कुमार यादव- महोत्तरी,
प्रदेश स्तरिय बिकास समितीको सभापतीमा महोत्तरीको डा रिना यादवको नाम दर्ता भएको छ। बुधवार बिहान ११ बजे देखी बेलुका ५ बजे सम्म सचिवालयमा नाम दर्ताको समय सिमा राखिएकोमा निर्धारित समय भित्र एक नाम मात्र दर्ता हुदा डा रिना यादव बिकास समितीको सभापती हुने निश्चित देखिएको छ। बिहिवार बिकास समितीको बैठक पछीको निर्णय अनुसार सभापतीको टुगो लाग्नेछ।
सभापतीमा उम्मेदवारी दिएका मा. डा रिना यादवको प्रस्तावकमा मा. शुन्दर बहादुर बिश्वकर्मा तथा समर्थकमा मा. जन्नत अंसारी रहनु भएका छ्न। मलाइ आफ्नो पार्टी लगायत पाच दलिय गठबन्धनको सहयोग रहेका कुरा मा. डा. रिना यादवले सन्चारकर्मी हरुलाइ बताएका छन। प्रदेशमा प्रमुख प्रतिपक्षीको तर्फबाट कसैले पनी उम्मेदवारी दिएको छैन।
मा. डा. यादव जसपा नेपालको महोत्तरी बाट समानुपातिक प्रदेश सासद हुनुहुन्छ।