तनहुँ-१ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय



काठमाडौंं । नेपाली कांग्रेसले तनहुँ १ मा केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनाउने भएको छ ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले भट्टराईलाइ उम्मेदवार बनाउने निर्णय गरेको हो ।



तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन हुँदैछ ।



त्यस्तै, चितवन २ मा जीतनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । भट्टराई नेविसंघका पूर्वसभापति हुन् भने श्रेष्ठ कांग्रेस चितवनका पूर्वसभापति हुन् ।

चितवन क्षेत्र नम्बर–२, बारा–२ र तनहुँ–१ मा आउँदो वैशाख १० गते उपनिर्वाचन हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज