चितवन-२ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय



काठमाडौं । नेपाली कांग्रेसले वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन २ बाट जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पूर्वजिल्ला सभापति श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।



चितवन-२ बाट निर्वाचित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकता मुद्दामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि १० वैशाखमा उपनिर्वाचन हुँदैछ ।



सो क्षेत्रमा यसअघि कांग्रेसबाट केन्द्रीय सदस्य उमेश श्रेष्ठ उम्मेदवार थिए । तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति र बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि सो क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज