चितवन पुगेर प्रचण्डले भने- क्रिकेट रंगशालाको समस्या दुई साताभित्र समाधान हुन्छ



चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको समस्या समाधान हुने बताएका छन् ।

विमानस्थलको नयाँ टर्मिनल भवन शिलान्यास गर्न चितवन पुगेका प्रधानमन्त्री प्रचण्डले यस्तो दाबी गरेका हुन् ।



अबको एकरदुई हप्ताभित्रै अहिले देखिएको समस्या समाधान गरेर निर्माणको कार्य अगाडि बढ्ने उनको भनाई छ ।



प्रधानमन्त्री प्रचण्डले भने, ‘एक हप्ता वा दुई हप्ताभित्र समस्या समाधान हुन्छ, झण्डै डेढ वर्षदेखि रकम अभावमा रोकिएको रंगशालाको काम चाँडै अगाडि बढ्नेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज डेस्क

लेखकको बारेमा

न्यूज डेस्क

लेखकबाट थप

प्रतिक्रिया!


लोकप्रिय

विशेष खोज